आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान फाइनलमा प्रवेश

Share:
121

फागुन १ । घरेलु भूमिमा जारी त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले बुधबार भएको दिवा रात्रि खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो।

दक्षिण अफ्रिकाले दिएको ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा ३५५ रन जोडेको हो।

पाकिस्तानका लागि सल्मा आगाले १०३ बलमा १३४ रनको योगदान गरे। उनी प्लेयर अफ द म्याच बने। कप्तान मोहम्मद रिजवानले १२२ रन जाडे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका तेम्भा बभुमाले ८२ तथा म्याथ्यु ब्रेट्जकले ८३ रन बनाए। हेन्रिक क्लासेनले ५६ बलमा ८७ रन जोडेका थिए।

पाकिस्तान र न्युजिल्यान्डको फाइनल भिडन्त शुक्रबार हुनेछ। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।