सोम, जेष्ठ १८, २०८३
Search
सोम, जेष्ठ १८, २०८३

स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित

Share:
120

माघ २८ । बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई छोट्याएको छ। आइतबार भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-१ ले हराएको हो।

भ्रमणकारी टोली बार्सिलोना १० खेलाडीमा सीमित हुनुका बाबजुद सफलता पाएको हो। सातौँ मिनेटमा रोबर्ट लेडवास्कीले बासिलोनालाई अग्रता दिलाएको सो खेलको आठौँ मिनेटमा सेभियाका रुबेन भर्गासले बराबरी गोल गरे। दोस्रो हाफमा बेन्चबाट मैदानमा गएका फर्मिन लोपेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए। राफिन्होले बार्सिलोनाका अग्रता फराकिलो पारेको खेलको ६२ औँ मिनेटमा लोपेजले रातो कार्ड पाएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा इरिक गार्सियाले बार्सिलोनाका लागि थप एक गोल गरे।

आइतबार भएका अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई २-१ हराउँदा भ्यालेन्सियाले लेगानेसलाई २-० पराजित गरेको छ। गेटाफेले डेपोर्टिभो अल्भासमाथि भने १-० को जित निकालेको छ।

अंक तालिकामा रियल म्याड्रिडको ५०, एटलेटिको म्याड्रिडको ४९ तथा तेस्रो स्थानमा रहेको बार्सिलोनाको ४८ अङ्क छ। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।