बिहि, फाल्गुन २८, २०८२
Search
बिहि, फाल्गुन २८, २०८२

सोमबारका लागि विदेशी मुद्राको विनिमय द

Share:
124

काठमाडौं, माघ २८ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९ पैसा कायम भएको छ। यसैगरी, युरो एकको खरिदर १४४ रुपियाँ १६ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपियाँ २४ पैसा र बिक्रीदर १७३ रुपियाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ४४ पैसा र बिक्रीदर १५४ रुपियाँ १० पैसा निर्धारण गरेको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ५४ पैसा र बिक्रीदर ८७ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६५ पैसा र बिक्रीदर ९८ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ०३ पैसा र बिक्रीदर १०३ रुपियाँ ४७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्री दर ३१ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ७६ पैसा र बिक्रीदर १२ रुपियाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३२ पैसा र बिक्री दर १९ रुपियाँ ४१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९२ पैसा र बिक्रीदर १७ रुपियाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ०५ पैसा र बिक्रीदर ४५४ रुपियाँ , बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ २७ पैसा र बिक्रीदर ३७१ रुपियाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपियाँ १२ पैसा निर्धारण गरेको छ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।