सोम, जेष्ठ १८, २०८३
Search
सोम, जेष्ठ १८, २०८३

आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा

Share:
128

काठमाडौं, माघ २६ । एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित वसुन्धरा रङ्गशालामा सुरु हुनेछ ।

एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका वा एउटा हात नभएका) खेलाडीहरूले खेल्ने खेल हो ।

प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए पनि इरान अनुपस्थित भएपछि पाँच देशबीच प्रतिस्पर्धा हुनेछ ।

माघ ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले दोस्रो खेल बङ्गलादेशसँग माघ २७ गते, तेस्रो खेल माघ २८ गते इराकसँग र अन्तिम खेल २९ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।

प्रतियोगितामा भाग लिन १३ खेलाडी र ७ अफिसियलसहित २० सदस्यीय नेपाली टोली गत मङ्गलबार बङ्गलादेश गएको थियो ।

नेपाली टिममा खेलाडी डिल्लीबहादुर बिष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईँ, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।

प्रतियोगिताको उद्‌घाटन खेलमा हिजो उज्वेकिस्तानले इन्डोनेसियालाई ८–१ गोलले हराउँदै प्रतियोगितामा सानदार सुरुवात गरेको छ । यस्तै हिजो नै भएको अर्को खेलमा इराकले बङ्गलादेशलाई ६–० गोलले हराएको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।