शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

प्रथम सालघारी फुटवल टुनामेन्टको उपाधि मुनाल योङ ब्वाईजलाई

Share:
119

रत्ननगर, माघ २५ । रत्ननगर १२ मा रहेको डाँफे मुनाल टोल स्थित सालघारी एफसीले आयोजना गरेको प्रथम सालघारी फुटवल टुनामेन्ट- २०८१ खुल्ला नकाउट साईड फुटबल प्रतियोगिताको उपाधि मुनाल योङ ब्वाईज रत्ननगर-१६ ले जितेको छ ।

रत्ननगर-१२ स्थित बागदेबी बिद्यालयको चौरमा माघ १४ गतेदेखि सुरू भएको प्रतियोगितामा युवा तथा खेलकुद बिकास समिति रत्ननगर-७ लाई ३-१ गोलले हराउदै मुनाल योङ ब्वाईज रत्ननगर-१६ ले उपाधि जितेको हो ।

प्रतियोगितामा प्रथम हुने मुनाल योङ ब्वाईजले नगद रू २२ हजार २ सय २२ र दोस्रो हुने युवा तथा खेलकुद विकास समितिले नगल रू११ हजार १ सय ११ रूपैँया प्राप्त गरेकोछ ।

सालघारी एफसीका अध्यक्ष मनिष गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं १२ का वडा अध्यक्ष सुन्दरमणी सुवेदी, निवर्तमान वडा अध्यक्ष विर वहादुर पाख्रीन, रत्न प्रिय क्लवका अध्यक्ष वसन्त राना मगर, रत्ननगर खानेपानीका निवर्तमान अध्यक्ष भिष्मराज पौडेल, फ्रिक्वेन्सि ईन्टरनेसनलका ब्रान्च प्रमुख वसन्त दुवाडी,रत्ननगर १२ का खेलकुद संयोजक सन्तोष गोले, युवा व्यवसायी सिलन बराल लगाएतले बिजेता खेलाडीहरूलाई पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।