सोम, जेष्ठ १८, २०८३
Search
सोम, जेष्ठ १८, २०८३

त्रिदेशीय महिला टी-२० : पाँच खेलमा पराजित नेपाल सान्त्वना जितको खोजीमा

Share:
113

काठमाडौं, माघ २५ । घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ। पाहुना टोली थाइल्याण्डका लागिसमेत उपाधिका लागि आज नेपाललाई हराउनै पर्ने दबाब छ। पाँच खेल खेलिसकेको थाइल्याडले एक खेल गुमाएर आठ अंक बनाएको छ। तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलेसमेत समान आठ अंक बनाएकाले थाइल्याण्डका लागि नेपालसँगको खेल जित्नै पर्ने दबाब छ।

यसअघिका दुई भेटमा नेपालमाथि जित निकालेको थाइल्याण्ड उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालसँगको पहिलो भेटमा चार विकेटले विजयी भएको थाइल्याण्ड दोस्रो भेटमा पाँच रनले जित निकाल्न सफल भएको थियो।

घरेलु मैदानमा नेपालले भने खाता खोल्नै सकेको छैन। पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो। पाँचौ खेलमा कमजोर देखिएको नेपाल नेदरल्याड्ससँग १० विकेटले पराजित भयो। आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ।

नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको हो। बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ।

प्रतियोगितामा थाइल्याण्ड र नेदरल्याण्ड्सको समान आठआठ अंक छ। रनरेटका आधारमा थाइल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड दोस्रो स्थानमा छ। नेपाल भने अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।