सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

न्यू स्पिडी आवासीय मा.वि मा वार्षिक खेलकुद सम्पन्न

Share:
116

रत्ननगर, माघ १५ । रत्ननगर-१० स्थित न्यू स्पिडी ईङ्गलिस बोडिङ्ग स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएकोछ ।

सोमवारबाट सुरु भएको दुईदिने वार्षिक खेलकुद कार्यक्रम मंगलवार विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापले समापन गरे । खेलकुद कार्यक्रममा नर्शरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

खेलकुद कार्यक्रममा फुटबल, भलिवल, डोरीतान्ने, चम्चादाडै, हिसावदौड, बेलुनफुटाई, म्युजिकचियर लगाएत एक दर्जन खेलहरुसमावेश गरिएको थियो । कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई रत्ननगर-८ स्थित बाघमारा खेलमैदान चौरमा लगेर खेल खेलाईएको थियो भने कक्षा नर्शरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय प्राङ्गढमा खेल खेलाईएको थियो ।

विद्यार्थीले वर्षभरि खेलेका खेललाई प्रतिशप्रधात्कम ढंगमा उतारेर कला प्रदर्शनि गराउनका लागि कार्यक्रमको आयोजना गरिएको विद्यालय सञ्चाल समितिका अध्यक्ष डिल्लिराम पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीलाई मेडल, शिल्ड र प्रमाणपत्र सहित सम्मान गर्ने पोखरेलको भनाईछ । वार्षिक खेलकुद कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश काफ्ले, शिक्षक झलक अधिकारी, शिक्षक सौरभ अधिकारी, शिक्षिका सुष्मा तामाङ, अनिता मैनाली, तिलु थापा मगर लगाएतले विभिन्न किसिमका खेलहरु खेलाएका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।