सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

कालिकाको मा.वि रेडक्रसग्राममा सरस्वती मन्दिरको शिलान्यास

Share:
117

चितवन, माघ १५ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मा रहेको मा.वि रेडक्रसग्राम विद्यालयको प्राङ्गढ भित्र सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, कालिका ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले र विद्यालयका प्राधानाध्यापक नन्दलाल लामिछानेले सयुक्त रुपमा मन्दिरको शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले बिद्याकी खानी सरस्वतीको मन्दिर शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए । उनले शिक्षा भन्दा ठुलो कुरा संसारमा अरु केही नभएको बताउँदै कुनै पनि देशको सफलतामा शिक्षाको सबैभन्दा ठुलो भुमिका हुने उनको भनाईछ ।

विगत लामो समयदेखि विद्यालयमा सरस्वतीको मन्दिर राख्ने अधुरो सपनालाई साकार पार्नको लागि विद्यालयका शिक्षक, अभिभावकको सक्रियता र सहयोगमा सरस्वती मन्दिरको शिलान्यास गरिएको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।