मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

कालिका भगवती मन्दिरको ३३औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

Share:
69

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरि तीनदिने वार्षिकोत्सव कार्यक्रम बारे जानकारी गराएको हो ।

वार्षिकोत्सवको पहिलोदिन कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम गरेर रातभर जाग्राम बस्ने र १७ गते कालिका भगवतीको विशेष पुजाआजा गरि नवनिर्मित मन्दिरमा देवीको प्रतिमा स्थापना गरिने छ । लगत्तै कालिकाका मेयर विनोद रेग्मीले झन्डै १ करोड खर्च गरेर निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नेछन् ।

सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने समितिले जनाएको छ। साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु अस्मिता डल्लाकोटी, कृष्ण कंडेल, छत्र शाही, शक्तिकुमार गोदार, युवराज चौलागाई संगै ईन्द्रेणी टिम र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसपटकको वार्षिकोत्सव भव्य र उत्कृष्ट बनाउन कालिका नगरपालिकाको अगुवाईमा कालिका मन्दिर परिसरमा निर्माण र व्यवस्थापनको काम भईरहेको छ । वार्षिकोत्सवलाई नै लक्षित गरि कालिका मन्दिर परिसर दुलही जस्तै चिटिक्क बनाएर सिगारिएको छ । मन्दिर आसपासका रुख, चौतारा तथा ठुलाठुला ढुंगाहरुमा कलात्मक आकृतिहरु बनाईएको छ ।

मन्दिरको पूर्वतर्फ रहेको कर्णनदीमा स्नान गर्न सहज गराउने उद्देश्यले सिंडीको निर्माण गरिएको छ । साथै मन्दिर नजिकै कालिकाको कोशेलीघर समेत निर्माण गरिने छ । कोशेलीघरमा कालिकाका उद्ममीले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शन र विक्रिवितरण गरिने प्रचारप्रसार समिति सदस्य उमेश सापकोटाले जानकारी दिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।