सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा गर्‍यो सात गोल

Share:
119

माघ १४ । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि गोलको वर्षा गरेको छ। शानदार प्रदर्शन गरेका फर्मिन लोपेजले दुई गोल गर्नुका साथै दुई एसिस्ट गरेपछि बार्सिलोना ७–१ ले विजयी भएको हो।

दोस्रो मिनेटमा नै फ्रान्क डी जोंगले बटम कर्नरमा प्रहार गर्दै शानदार गोल गरेका थिए। त्यसको पाँच मिनेटपछि नै फर्नान टोरेसले अर्को गोल थपे।

राफिन्हाले खाली पोस्टमा गोल गरेपछि बार्सिलोना १४ औँ मिनेटमा तेस्रो गोलको अग्रता लिन सफल भएको थियो। फर्मिन लापेजले २४ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे।

खेल सकिन ३० मिनेट बाँकी रहँदा डिएगो लोपेजको क्रसमा हुगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे। त्यसपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोबर्ट लेडवास्कीले गोल गरे।

यो सिजनको लिगमा उनले बार्सिलोनाका लागि १७ औँ गोल गरेका हुन्। बार्सिलोनाको अन्तिम गोल सेसर टारेगाले गरे। बार्सिलोनाले लिगमा यसअघि सन् २०२४ को अगस्टमा रियल भालाडोलिडलाई ७-० ले हराएको थियो।

अन्य खेलमा रायो भाल्कानोले गिरोनालाई २-१ ले हरायो भने गेटाफेले रियल सोसिडाडलाई ३-० ले पराजित गरेको छ। एथलेटिक क्लब र लेगानेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

तालिकाका रियल म्याड्रिड ४९ अङ्कसहित पहिलो स्थानमा छ भने एथलेटिको म्याड्रिड ४५ अङ्कसहित दोस्रो तथा बार्सिलोना ४२ अङ्कसहित तेस्रो स्थानमा छन्। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।