सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुने कांग्रेसको निर्णय

Share:
156

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले संसदभित्र र संसदबाहिर एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले पार्टीमा आन्तरिक केही कुरा भए आइतबार र सोमबार बस्न गइरहेको संसदीय दलको बैठकमा प्रस्तुत गरेर छलफल गर्ने र संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको जानकारी दिए ।

‘भोलि र पर्सी संसदीय दलको बैठकमा छलफल गरेर कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर एउटै आवाजका साथ एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदाखेरि एक ढिक्का भएर प्रस्तुत हुने सहमति भयो । निर्णय भयो,’ बैठकपछि प्रमुख सचेतक घिमिरेले भने ।

बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम–कारबाही, संसद्मा प्रस्तुत भएका विधेयक र प्रस्तुत हुने विधेयक तथा अध्यादेशहरूका बारेमा गृहमन्त्री रमेश लेखकले ‘ब्रिफिङ’ गरेका थिए ।

कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आ–आफ्नो मन्त्रालयले गरिरहेका कामका बारेमा बैठकमा जानकारी गराएको प्रमुख सचेतक घिमिरेले बताए ।

उनले भने, ‘मैले संसद्को तर्फबाट विधेयकको अवस्था र कति छ र कुन अवस्थामा छ । कति पारित गर्न सक्छौँ भन्नेबारे जानकारी गराएँ ।’

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।