शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम

Share:
58

चितवन, माघ १२ । शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो ।

उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन विधिबाट र माघ ६ देखि १२ गतेसम्म प्रत्यक्ष सहभागितामा तालिम प्रदान गरिएको संस्थानका डीन डा. ठाकुर सिलवालले बताउनुभयो ।

कार्यक्रममा वन विज्ञान संस्थानअन्तर्गतका हेटौँडा, पोखरा र काठमाडौँ क्याम्पसका प्राध्यापकलाई सहभागी गराई पाठ्यक्रमलाई बजारको मागसँग जोड्न, शिक्षणलाई सूचना तथा प्रविधि, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्न, सिकाई व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम दिइएको उहाँले उल्लेख गर्नुभयो ।

डा सिलवालका अनुसार तालिमका प्रमुख सत्रहरूमा आत्मबोधका लागि योग, पाठ्यक्रमलाई बजारको मागसँग जोड्ने, शिक्षणलाई सूचना तथा प्रविधि जोड्ने, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्ने, सिकाई व्यवस्थापन प्रणाली सुधार गर्नेलगायत अनुसन्धान तथा प्रकाशनसम्बन्धी विषयहरू समेटिएका छन् ।

कार्यक्रमको समन्वय वन विज्ञान अध्ययन संस्थाका सहायक डीन डा सोनी बरालले गर्नुभएको थियो । सिलवालले कार्यशालाले शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार गर्दै पठनपाठनलाई बजारको मागसँग जोडने सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीहरूको प्राज्ञिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने संयोजक बरालले बताउनुभयो । रासस

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।