शनि, असार १३, २०८३
Search
शनि, असार १३, २०८३

रत्ननगरको टाँडीमा आधुनिक प्रविधिसहित ‘रत्न डेन्टल क्लिनिक’ सञ्चालनमा

Share:
29

रत्ननगर, असार १३ । चितवनको रत्ननगर-२, टाँडी बजारमा अत्याधुनिक प्रविधि र उपकरणसहितको ‘रत्न डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ । भरपर्दो, गुणस्तरीय र सर्वसुलभ दन्त स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ७५ वर्षीय स्थानीय ज्येष्ठ नागरिक बासुदेव श्रेष्ठले एक समारोहका बिच क्लिनिकको औपचारिक उद्घाटन गर्नुभएको हो ।

क्लिनिकमा दाँतको परीक्षण, सफा गर्ने र चम्काउने, दुखेको दाँतको जरादेखि उपचार गर्ने (आरसीटी), दाँत भर्ने, नयाँ दाँत हाल्ने तथा डिजिटल एक्स-रे लगायत दाँत र मुख सम्बन्धी सम्पूर्ण उपचार गरिने सञ्चालक डाक्टर रिबिका श्रेष्ठले जानकारी दिनुभयो ।

शुभारम्भको अवसर पारेर क्लिनिकले बिरामीहरूका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ, जस अन्तर्गत दाँत जाँच पूर्ण रूपमा नि:शुल्क गरिएको छ भने दाँत सफा गर्दा ३० प्रतिशत, आरसीटी र क्याप सेवामा १५ प्रतिशत तथा अन्य सम्पूर्ण सेवाहरूमा १० प्रतिशत सम्मको  छुट प्रदान गरिएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।