शनि, असार १३, २०८३
Search
शनि, असार १३, २०८३

एम्नेस्टि इन्टरनेसनल नेपाल समूह ६४ द्वारा युवा नेता प्रताप डल्लाकोटी सम्मानित

Share:
41

चितवन, असार १३ । एम्नेस्टि इन्टरनेसनल नेपाल समूह–६४ को २९औँ वार्षिक साधारणसभाका अवसरमा युवा नेता तथा समाजसेवी प्रताप डल्लाकोटी सम्मानित भएका छन्।

सन् २००४ देखि निरन्तर समूहको संस्थागत विकास, मानवअधिकारको संरक्षण तथा सामाजिक सेवामा सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप डल्लाकोटीलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एम्नेस्टि इन्टरनेसनल नेपालका पूर्व केन्द्रीय सदस्य महेश प्रसाद पौडेलले सम्मानपत्र प्रदान गर्दै मानवअधिकारको प्रवर्द्धनमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले समाजमा न्याय, समानता र मानवअधिकारको संरक्षणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।

एम्नेस्टि इन्टरनेसनल नेपाल समूह–६४ की संयोजक इन्दु सुवेदीको अध्यक्षतामा सम्पन्न साधारणसभामा समूहका गतिविधि, वार्षिक प्रगति तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।

सम्मानित भएपछि प्रताप डल्लाकोटीले आफूलाई प्रदान गरिएको सम्मानले मानवअधिकार, सामाजिक उत्तरदायित्व तथा सेवामूलक कार्यमा अझ सक्रिय भएर लाग्न प्रेरणा मिलेको प्रतिक्रिया दिए।

कार्यक्रममा मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।