बुध, बैशाख १६, २०८३
Search
बुध, बैशाख १६, २०८३

कांग्रेसमा आज तीन वटा बैठक बस्दै

Share:
28

काठमाडौँ, बैशाख १४ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ । दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो ।

संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।

कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ । समितिका सचिव दिनेश थापा मगरका अनुसार गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थकरप्रस्तावकहरू विरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ ।

त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा पनि आजको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।