मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित

Share:
134

फागुन १ । आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । २१० रनको लक्ष्य पछ्याएको नामिबियाले १८ ओभर दुई बलमा अलआउट हुँदा ११६ रन बनायो ।

भारतको जितमा ओपनर ईशान किशनले २४ बलमा ६१ रन बनाए भने हार्दिक पाण्ड्याले ५२ रनको महत्त्वपूर्ण योगदान दिए । तिलक वर्माले २५ रन जोडे भने शिवम दुबे २३ रनमा रनआउट भए। कप्तान सूर्यकुमार यादव १२ रनमै आउट हुँदा सन्जु सैमसनले २२ रन जोडे। अक्षर पटेल भने खाता नखोली पभेलियन फर्किएका थिए ।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले शानदार बलिङ प्रदर्शन गर्दै भारतलाई दबाबमा राखे । उनले ४ विकेट लिए भने १९ औं ओभरमा लगातार तीन विकेट झार्दै भारतको रन गति रोके ।

टस जितेर पहिले फिल्डिङ गरेको नामिबियाले जितका लागि २१० रनको लक्ष्य पछ्याएको थियो । उसका लागि लोरेन स्टीनक्याम्पले सर्वाधिक २९ रन बनाउँदा जान फ्राइलिंकले २२ रन थप्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

नामिबियालाई सस्तैमा रोक्न भारतका लागि वरुण चक्रवतीले तीन विकेट लिँदा हार्दिक पाण्डेया र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे ।

यो जितसँगै समूह ‘ए’को भारतले चार अंक बनाएको छ । पहिलो खेलमा भारतले अमेरिकालाई २९ रनले हराएको थियो । समूह एमा समान अंक भएको पाकिस्तान दोस्रो स्थानमा छ भने भारत रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

दुई खेल खेल्दा नामिबियाले भने खाता खोल्न सकेको छैन । पहिलो खेलमा नेदरल्यान्डसँग नामिबिया सात विकेटले पराजित भएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।