मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

रत्ननगरमा ‘बेक फ्राइड चिकेन एण्ड बर्गर’ सञ्चालनमा

Share:
134

रत्ननगर, माघ २८ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ मा ‘बेक फ्राइड चिकेन एण्ड बर्गर’ सञ्चालनमा आएको छ। बुधबार आयोजित एक कार्यक्रमका बिच रत्ननगर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाले उक्त व्यवसायको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटनका क्रममा सञ्चालक विवेक हमालले विगत १२ वर्षसम्म विदेशमा काम गर्दा सिकेको सिप र कौशललाई आफ्नै माटोमा प्रयोग गर्ने उद्देश्यले यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो।

सञ्चालक हमालका अनुसार यस रेस्टुरेन्टमा ग्राहकहरूले विदेशी स्तरको स्वाद सुपथ मूल्यमा पाउन सक्नेछन्, जहाँ विशेषगरी फ्राइड चिकेन, ग्रिल चिकेन, पिज्जा, बर्गर र मःम जस्ता परिकारहरू उपलब्ध रहेका छन्। व्यवसाय शुभारम्भको अवसरमा आगामी ३ दिनसम्म विशेष छुटको व्यवस्था गरिएको छ भने रत्ननगर र आसपासका क्षेत्रमा फ्रि होम डेलिभरीको सुविधा समेत प्रदान गरिने हमालले बताउनुभयो।

विदेशको अनुभव र स्वदेशी लगानीमा सुरु भएको यस व्यवसायले स्थानीय स्तरमा गुणस्तरीय खाजाको स्वाद फेर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।