आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

Share:
134

माघ २७ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । समूह ‘डी’ अन्तर्गत क्यानडासँग भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले ५७ रनको जित निकालेको हो ।

टस जितेर क्यानडाले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा २१३ रन बनाएको थियो । २१४ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा मात्र १५६ रन बनाउन सक्यो ।

क्यानडाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान एडन मार्करमले अर्धशतक बनाए । उनले ३२ बलको सामना गर्दा आक्रामक ब्याटिङ गर्दै १० चौका र एक छक्काको मद्दतमा ५९ रन बनाएका हुन् । क्यानडाका लागि अंश पटेलले तीन विकेट लिएँ ।

२१४ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि नवनीत धालिवालले अर्धशतक बनाए । ४९ बल खेल्दा ७ चौका र एक छक्काको मद्दतमा उनले ६४ रन बनाएका हुन् । क्यानडालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडीले सर्वाधिक चार विकेट हात पारे ।

विश्वकपमा समूह डीबाट दक्षिण अफ्रिका र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।