मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

रत्ननगर महोत्सव एक दिन थप : ७ गते समापन

Share:
246

रत्ननगर, माघ ५ । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सव एक दिन थप गरिएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ सुरु भएर माघ ६ गते समापन गर्ने गरी महोत्सव सुरु भएको थियो ।

महोत्सवप्रति जनआर्कषण बढेपछि माघ ७ गते एक दिनका लागि महोत्सव थप गरिएको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुयो ।

माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले समापनमा अतिथिहरुको आगमनलाई मध्यनजर गरी महोत्सव एक दिनका लागि थप गरिएको अध्यक्ष गिरीले बताए ।

समग्र चितवनको गौरब र गरिमामय प्रस्तुतीको रुपमा रहेको महोत्सव ४ लाखले अबलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

महोत्सवको ११औं दिन ५५ हजारले महोत्सव अबलोकन गरेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।