आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

Share:
184
काठमाडौँ, पुस १ । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ कुलेश्वरमा लागुऔषध बिक्रीवितरण भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई हाम्रो टोलीले पक्राउ गरेको हो ।” पक्राउ परेका परियारसहितलाई प्रारम्भिक अनुसन्धान गर्दा भारतको रक्सौल हुँदै काठमाडौँसम्म लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गर्दै आएका पाइएको जनाउँदै उहाँले यस कार्यको योजनाकार भारतीय नागरिक यादव रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट डायजेपाम इन्जेक्सन दुई हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन दुई हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन दुई हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ९५० मिलिग्राम० दुई हजार ७०० थान तथा मोबाइल फोन १० थान बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो । रासस
Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।