सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

चितवनमा आइतवार ‘श्रम संस्कृति पार्टी’ काे सभा : हर्कराज साम्पाङले सम्बोधन गर्ने

Share:
251

चितवन, मंसिर २० । श्रम संस्कृति पार्टीले आइबार चितवनमा जनसभा गर्ने भएको छ । नारायणी नदी किनारमा हुने सभालाई सो पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले सम्बोधन गर्ने जनाइएको छ ।

श्रम संस्कृति पार्टीले सभा गर्ने स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी सभाको तयारीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा सो पार्टीका जिल्ला अध्यक्ष चन्द्रबहादुर तामाङले जनसभा सुरु हुनुपूर्व नारायणगढको लायन्सचोकबाट ¥याली निकाल्ने तयारी गरिएको बताए । उपाध्यक्ष लेखबहादुर पुनले जिल्लामा संगठन विस्तार र श्रमदानको महाअभियानको शुभारम्भ स्वरुप नारायणी नदी किनारमा जनसभा आयोजना गरिएको बताए ।

सभामा पार्टी अध्यक्ष साम्पाङले पार्टी स्थापनाको उद्देश्य, कार्यदिशा, संगठन विस्तार र आगामी निर्बाचनलाई केन्द्रीत गरी सम्बोधन गर्ने उपाध्यक्ष पुनले बताए । पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका जिल्ला सल्लहाकार शिव शर्माले मातृभूमिको रक्षाको लागि श्रम संस्कृति पार्टीको जन्म भएको भन्दै मोटाको रक्षाको लागि पार्टी गोलबद्ध हुन आग्रह गरे ।

पत्रकार सम्मेलनमा जिल्ला कार्यसमितिका सचिव माधव पुन, कोषाध्यक्ष टेकबहादुर गुरुङ सहितका नेता कार्यकर्ताहरु उपस्तिथि थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।