शनि, जेष्ठ २३, २०८३
Search
शनि, जेष्ठ २३, २०८३

आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल

Share:
274

आज २०८२ साल मंसिर ५ गते बुधबार। मंसिर शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २१ तारिख। विश्व टेलिभिजन दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन् । माया मारेको सम्पत्ति हात लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ । धनको घमण्डले साथीभाइ टाढा हुनेछन् । व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ । राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्ने । तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

कर्कट : दिन राम्रो छ । मनमा शान्ति मिल्नेछ । ठूलो कामको सुरुवात गरेको भए नाफा हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ ।

सिंह : दिन सामान्य छ । तपाईंको योजना सफल बन्नेछ । दीर्घकालीन योजना बनाउन सकिन्छ । परोपकारमा मन जानेछ । कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ ।

कन्या : दिन राम्रो छ । सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ । आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा सुख र शान्ति मिल्नेछ।

तुला : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुुपर्नेछ । राजनीतिक संंगठनमा बढुवा हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : दिन सामान्य छ । साना कुराले मनमा झन्झट आइपर्न सक्छ । साथीसँग तर्क नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्र सबल छन् । औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम छ ।

मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन : दिन सामान्य छ । साथी भाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा नाफा हुनेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।