शनि, जेष्ठ २३, २०८३
Search
शनि, जेष्ठ २३, २०८३

फरार कैदीबन्दी पक्राउ

Share:
207

काठमाडौँ, २ मङ्सिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ गरेको छ ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट फरार भएका धादिङ गजुरी–२ की गीता लामा र काठमाडौँका मङ्गलनारायण मोहन महर्जनलाई सोमबार पक्राउ गरिएको हो । लामा जिउ मास्ने बेच्ने मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मङ्सिर १९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल महिला बन्दीगृह सुन्धारामा कैद भुक्तान गरिरहेकी थिइन् ।

यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा एक वर्ष कैद र रु एक करोड आठ लाख ३९ हजार ७४७ बराबरको जरिवाना कायम भएका महर्जनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले लामालाई ललितपुर महानगरपालिका–३ धोवीघाटबाट र महर्जनलाई काठमाडौँ धोवीचौरबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको जनाएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।