आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

Share:
222

भोजपुर, कार्तिक ७ । रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौँला मल उत्पादन थालेका छन् । महिलाहरुलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताइन्।

महिलाहरुलाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको उनको भनाइ छ ।

‘महिलाहरुलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ’उपाध्यक्ष राईले भनिन्, ‘यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ वटा महिला समूह गड्यौँला मल उत्पादनमा लाग्नुभएको छ । हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौँ ।’

यो कार्यक्रम आबद्ध महिला समूहले उत्पादन गरेको गड्यौँला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उनले जानकारी दिए ।

‘रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न हामीले गड्यौँला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौँ । हाम्रो मुख्य उद्देश्य नै अर्ग्यानिक उत्पादनमा जोड दिनु हो ।’

किसानले उत्पादन गरेको गड्यौँला मल प्रतिकेजी रु २२ मा गाउँपालिकाले खरिद गरी दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई माग आधारमा अनुदानमा वितरण हुँदै आएको उहाँको भनाइ छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।