आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

सोलुखुम्बुमा जिप दुर्घटना, तीन जनाको मृत्यु

Share:
230

सोलुखुम्बु, कार्तिक ७ । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका(३ वाकुमा बिहीबार एक बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप करिब पाँच सय मिटर तल खसेको थियो। घटनास्थलमै तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

यद्यपि गाडीमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइतेको संख्या र यात्रुहरूको विवरण पहिचान हुन बाँकी छ।

मृतकहरूको पहिचान पनि खुल्न सकेको छैन। प्रहरीका अनुसार उक्त बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै थियो। त्यसैले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुने अनुमान गरिएको छ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ। घटनापछि वाकु प्रहरी टोलीले तत्काल उद्धार कार्य सुरु गरेको र सोताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरीका नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।