आइत, जेष्ठ २४, २०८३
Search
आइत, जेष्ठ २४, २०८३

आज २०८२ साल असोज २७ गते सोमबारको राशिफल

Share:
375

आज २०८२ साल असोज २७ गते सोमबार । कात्तिक कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख । आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

मिथुन : दिन धेरै राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कलाकारितामा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। परिवारका कारणले निराशा बढ्नेछ। मिल्ने साथीसँग विवाद हुने जोखिम देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विज्ञसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। सोचेका काम सहजै बन्नेछन्। मन शान्त बन्ने योग छ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु : तपाईंका लागि आजको दिन सहज छ। साथीको साथ मिल्नेछ। परिवारको साथमा गरेको काममा सफलता प्राप्त होला। शिक्षा क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सहयोगी भेटिने छन्।

मकर : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। परिवारसँग झगडा हुने जोखिम छ। मनमा असन्तुष्टि बढ्नेछ। दाम्पत्य जीवनमा झन्झट आइपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको महत्त्वपूर्ण यात्रा तय हुनेछ।

मीन : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। साथीसँग थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। हरेक काम गर्दा तीन पटक सोच्नु उचित हुन्छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।