बुध, फाल्गुन २७, २०८२
Search
बुध, फाल्गुन २७, २०८२

तुइन खोलामा पहिरोः मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, जवाङ खोलाको पहिरो हटाइयो

Share:
239

चितवन, असोज १८ । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो झरिरहेकाले एकतर्फी मात्र सडक सञ्चालन गरिएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पानीसँगै पहिरो खसिरहेकाले तुइन खोला क्षेत्रमा सवारी आवागमन एकतर्फी संचालनमा गरिएको हो।

सडक डिभिजनको सूचनामा भनिएको छ, ‘पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नु हुन र गर्नैपर्ने भए जानकारी लिएर सुरक्षा निकायको समन्वयमा मात्रै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं।’

सडक जिभिजन भरतपुरका अनुसार मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिक खसेको पहिरो भने हटाइएको छ। पहिरोका कारण केही समय अवरुद्ध भएको सडकको आवागमन अहिले सञ्चालनमा आएको हो।

चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन्। चितवनको तुइन खोला सामान्य अवरोध छ।’

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।