आइत, जेष्ठ २४, २०८३
Search
आइत, जेष्ठ २४, २०८३

आज २०८२ साल असोज १८ गते शनिबारको राशिफल

Share:
312

आज २०८२ साल असोज १८ गते शनिबार। आश्विन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ४ तारिख। विश्व पशु दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सामान्य छ। श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ।

कर्कट : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। परिवारभित्र आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। हरेक काममा प्रशंसा प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन सामान्य छ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। जागिरमा समस्या हुनेछ। परिवारसँग मनमुटाव बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको विवादको फाइदा तपाईंलाई हुनेछ।

धनु : दिन सामान्य छ। आज गरेको लगानी डुब्ने जोखिम छ। लगानी गर्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

कुम्भ : दिन सामान्य छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।