आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन

Share:
247

असोज १५ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो।

पसयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो। उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै लक्ष्य भेट्टाएको हो। तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो।

नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो।

आज जितको लागि १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा ग¥यो।

वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन्। यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।