आइत, जेष्ठ २४, २०८३
Search
आइत, जेष्ठ २४, २०८३

आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल

Share:
308

आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन शुक्ल पक्षको महाअष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ३० तारिख। नवरात्रको आठौं दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। सामाजिक क्षेत्रमा अघि नबढ्नु उचित हुनेछ। धर्मकर्ममा मन जानेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मप्रति अनास्था बढ्नेछ। परिवारको विश्वास मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्र सबल बन्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। गीत संगीतको क्षेत्रमा मन जानेछ। गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ।

कन्या : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। धार्मिक कार्यमा समय दिनु उचित हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ।

धनु : दिन राम्रो छ। साथी भाइसँग रमाइलो भेटघाट हुनेछ। धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ। दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ। कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

मकर : दिन सामान्य छ। व्यापार व्यवसायमा घाटा हुने दिन छ। स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ। एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन्। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मीन : दिन सामान्य छ। मध्ये साढेसातीको दशा चलिरहेकाले सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।