बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

सुरक्षित सहकारीको साधारण सभा : एक बर्षमा तीन करोड ८५ लाख मुनाफा

Share:
402

कालिका, असाेज ३ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिक साधारण सभा शुक्रबार गरिएको छ ।

संस्थाका अध्यक्ष लालुप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रम मेयर विनोद रेग्मीले उद्घाटन गरेका छन् । सो सहकारीले आर्थिक बर्ष २०८१/८२ मा झण्डै चार करोड मुनाफा गर्न सफल भएको छ । १२ करोड २४ लाख ३० हजार आम्दानी गरेको सो सहकारीले ८ करोड ३८ लाख ९५ हजार खर्च कटाएर ३ करोड ८५ लाख ३५ हजार मुनाफा गर्न सफल भएको हो । सो सहकारीले आयकर र कर्मचारी बोनसपछि ३ करोड ३४ लाख ६६ हजार खुद नाफा भएको जनाएको छ । उसले राज्यलाई एक बर्षमा ७० लाख १ हजार रुपैया कर तिरेको छ ।

१० करोड ३९ लाख २५ हजार शेयर पूँजि रहेको सो सहकारीको कुल सम्पती ९७ करोड ५५ लाख ४८ हजार रहेको छ । ६५ करोड ८९ लाख ७० हजार बचत संकलन गरेको सो सहकारीले हाल सम्म ५७३ जना शेयर सदस्यलाई ७३ करोड २६ लाख ७४ हजार रुपैया ऋण लगानी गरेको छ । १ करोड ७ लाख स्थिर सम्पती रहेको सो सहकारीले १४ करोड ३ लाख रुपैया जगेडा कोषमा राखेको छ ।

२०६५ सालमा स्थापना भएको सो सहकारीका ५ हजार १५८ जना शेयर सदस्य रहेका छन् । साधारण सभामा संस्थाका अध्यक्ष दाहालले बार्षिक प्रतिवेदन तथा भावि कार्ययोजना, सचिव भिमप्रसाद लामिछानेले प्रगति प्रतिबेदन, कोषाध्यक्ष विध्याधर बास्तोलाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक होमप्रसाद भट्टले आन्तरिक लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ७० बर्ष पुरा भएका ज्येष्ट शेयर सदस्यहरु ११ जना, उत्कृष्ट कारोबारी १८ जनालाई सम्मान तथा उत्कृष्ट कर्मचारीहरु कर्जा अधिकृत होमनाथ मरहठ्ठा र लेखा अधिकृत कमल श्रेष्ठलाई दशक सेवा पदक प्रदान गरिएको छ ।

त्यसैगरी दुर्घटनामा मृत्यू भएका संस्थाका शेयर सदस्य गोविन्दप्रसाद अधिकारीको बिमा दावी गरी प्राप्त २ लाख २० हजार रुपैया उनकी श्रीमति गीता अधिकारीलाई साधारण सभाको अबसरमा हस्तान्तरण गरिएको छ । सो अबसरमा बोल्दै कालिकाका मेयर विनोद रेग्मीले सहकारीले आयआर्जन र उत्पादनशिल क्षेत्रमा लगानी गनुपर्ने बताए । सुरक्षित सहकारीले कालिका नगरपालिकामा आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै उनले गरिवी निवारणमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष दाहालले संस्थालाई सही ढंगले अगाडि बढाउन, नीति, विधि, प्रविधिलाई आत्मसाथ गरिएको बताए । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष लक्ष्मण पौडेल, संस्थाका पूर्वअध्यक्ष द्रोणप्रसाद लामिछाने, सल्लहाकार भोजराज थपलिया, शेयर सदस्य हरिप्रसाद भण्डारी लगायतले मन्तव्य राखेका थिए । संस्थाका सचिव लामिछानेले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष टंकबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । खोलेसिमलमा मुख्य कार्यालय रहेको सो सहकारीको टाँडी, भरतपुर र पदमपुरमा सेवा केन्द्र रहेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।