बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

संविधान दिवसमा ने.क.पा. (माओवादी केन्द्र) रत्ननगरद्वारा टाँडी चोकमा कोण सभा 

Share:
171

रत्ननगर, असाेज ३ । जेनजी बिद्रोह, महान जनयुद्ध तथा जनआन्दोलन का उपलब्धिका निम्ति प्राणाहुति दिने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै माओवादी रत्ननगरले संविधान दिवस मनाएको छ।

नगर अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा आयोजित कोण सभामा प्रदेश कोषाध्यक्ष संगीता भट्टराईले सम्बोधन गर्दै वर्तमान संविधानको रक्षा र सुदृढीकरण यवम जेन्जी बिद्रोह उठायका मुद्दामा माओवादी पार्टी दृढ रहेको बताइन्। उनले जेन-जि पुस्ताले उठाएका मागहरु माओवादीले नै २०६२ सालमा उठाएको र काङ्ग्रेस, एमाले नमानेकाले आज यो समस्या आयको अनि हाम्रा आवाजहरुले आज आएर जनस्तरमा बलियो समर्थन पाएको पनि स्पष्ट पारिन्।

कार्यक्रममा नगर इन्चार्ज राजु आङ्गाइ “सुबोध” नगर उपाध्यक्षहरु तथा पदादीकारि लगायत नगर कमिटीका नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति थियो। कार्यक्रममा उल्लेख्य संख्यामा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको नगर उपाध्यक्ष गणेश पौडेलले जानकारी गराउनु भयो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।