आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

एसिया कप : बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

Share:
209

भदौ २९ । एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो।

टस जितेर सुरुमा फिल्ड रोजेको श्रीलंकाले बंगलादेशविरुद्ध कसिलो बलिङ गर्दै १३९ रनमा रोकेको थियो। १४० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १४.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

बंगलादेशको जितमा ओपनर पथुम निसानकाको अर्थशतक बन्यो। उनले ३४ बलमा १ छक्का र ६ चौकासहित ५० रन बनाए। उसका लागि कमिल मिसराले नटआउट ४६ रन बनाए। बंगलादेशका मोहिद हसनले दुई विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि सुरुवाती ब्याट्सम्यान चल्न सकेनन्। जाकर अली र शमीम हुसेन ले राम्रो साँझेदारी गरे पनि श्रीलंकामाथि जितका लागि आवश्यक रन बन्न सकेन। अलीले ४३ बलमा ४१ रन बनाउँदा समान बलमा हुसेनले ४२ रन जोडे।

एसिया कप अन्तर्गत आज समूह ‘ए’मा भारत र पाकिस्तान भिड्दैछन्। एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।