रत्ननगर, भदाै २८ । नेपालभरि चलेको जेनजी आन्दोलनको अवरोध क्रमशः सामान्य हुँदै गएपछि कालिका नगरपालिकाले भोलिबाट (भाद्र २९ गते) सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।
शिक्षा अधिकृत चन्द्रादेवी शर्माले जारी गरेको सूचनामा भनिएको छ, ‘जेनजी आन्दोलनबाट सिर्जित परिस्थिति सामान्यीकरणतर्फ उन्मुख भएकाले शैक्षिक गतिविधि सुचारु गर्नुहुन अनुरोध छ।’
नगरपालिकाले अभिभावक र शिक्षकहरूलाई सूचना जारी गर्दै शैक्षिक सत्रलाई निरन्तरता दिन आग्रह गरेको छ। यसअघि आन्दोलनका कारण धेरै जिल्लामा विद्यालयहरू बन्द थिए।









