शनि, जेष्ठ १६, २०८३
Search
शनि, जेष्ठ १६, २०८३

सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री

Share:
379

काठमाडौं, भदौ २७ । प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छिन्।

मन्त्रालय टुङ्गो नलागे पनि मन्त्रीहरूको नाम भने टुङ्गो लागेको छ। कार्कीनिकट उच्च स्रोतका अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ,जेन(जीका तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिने छन् ।

उनीहरूले पाउने मन्त्रालयको भने टुङ्गो लागिनसकेको प्रधानमन्त्री हुन लागेकी कार्की निकट स्रोतको भनाइ छ । गुरुङ जी–एनजीका तर्फबाट मन्त्रीका लागि सिफारिस भएका थिए। स्रोतका अनुसार उनको नागरिकतामा स्थायी ठेगाना गोरखा रहेको छ।

तर उनले धरानमा व्यवसाय गरेर बसिरहेको बताइएको छ। प्राधिकरणका पूर्वकार्यकारी निर्देशक गुरुङ प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बर्खास्त भएका व्यक्ति हुन् ।

उनकै नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त्य गरेको बताइन्छ। यता अर्याल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकार हुन्। उनले केही समयअगाडि बालेनको सल्लाहकारबाट बिदा भएर स्वतन्त्र कानुन व्यवसायीका रूपमा काम गर्दै आएका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।