सोम, जेष्ठ २५, २०८३
Search
सोम, जेष्ठ २५, २०८३

एसिया कप : यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

Share:
230

भदौ २६ । एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको युएईलाई ५७ रनमा समेटेको भारतले ५८ रनको लक्ष्य ४.३ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो।

भारतविरुद्ध युएईका ओपनर अलिशान सराफुले १७ बलमा २२ रन र कप्तान मोहम्मद वासिमले २२ बलमा १९ रन बनाए केही आशा जगाए पनि सम्पूर्ण टिम १३.१ ओभरमै ५७ रनमा समेटिएको थियो। यूएईका ओपनर बाहेक बाँकी ब्याटर भारतीय बलर सामु टिक्न सकेनन्।

भारतका लागि कूलदीप यादवले ४ विकेट लिए भने शिवम दुबेले ३ विकेट हात पार्दा अरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रीत बुमराहले समान १/१ विकेट लिए।

५८ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको भारतले सुरुबाटै आक्रामक खेल प्रस्तुत गर्‍यो। शुभमन गिल ९ बलमा २० रन बनाएर अविजित रहे। अभिषेक शर्माले १६ बलमा ३० रन बनाए। त्यसपछि सूर्यकुमार यादवले २ बलमा ७ रन थप्दै जित सुनिश्चित गरे।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।