बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

भरतपुर अस्पताल मेसुको अडियो काण्ड : पत्रकार महासंघको आपत्ती

Share:
326

रत्ननगर, १२ भदौ । नेपाल पत्रकार महासंघ चितवन शाखाले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले पत्रकार अनिल ढकाल र उनले संचालन गरेको मिडियाविरुद्ध दिएको आपत्तीजनक अभिव्यक्तिको कडा निन्दा गरेको छ।

बुधबार सार्वजनिक भएकाे एक अडियोमा डा. पौडेलले पत्रकारिता क्षेत्रको मर्यादा र सम्मानमाथि ठेस पुग्नेगरी तल्लो स्तरको भाषा प्रयोग गरी अपमानजनक र बेइज्जतीपूर्ण कुराकानी गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई खेदजनक भन्दै डा. पौडेलको अभिव्यक्तिलाई पत्रकार र समग्र पत्रकारिता पेशामाथिको आक्रमणको रूपमा लिएको छ। “जिम्मेवार पदमा बसेर यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु अक्षम्य छ,” विज्ञप्तिमा भनिएको छ। महासंघले डा. पौडेललाई तत्काल लिखित क्षमायाचना गर्न माग गरेको छ। साथै, क्षमायाचना नगरेमा पीडित पत्रकारले चाल्ने कानुनी कदममा महासंघको पूर्ण साथ र समर्थन रहने स्पष्ट पारेको छ।

महासंघका अध्यक्ष वसन्तराज पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकारिता क्षेत्रको सम्मान र स्वतन्त्रताको रक्षा गर्न महासंघ प्रतिबद्ध रहेको उल्लेख छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।