बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

जुटपानी प्रहरी चौकीमा प्रहरी निरीक्षक श्रेष्ठले सम्हाले जिम्मेवारी

Share:
697

रत्ननगर, भदाै ९ । कालिका नगरपालिका वडा नं. ७ मा रहेकाे जुटपानी प्रहरी चौकीमा प्रहरी निरीक्षक मनिष श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् ।

श्रेष्ठलाई नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख बिमला तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरी, ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जन अवा, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा एक समारोहका बीच पदस्थापन गरिएको हो ।

शान्ति–सुरक्षाको आवश्यकता र स्थानीयको मागअनुसार कालिका नगरपालिकाको पहलमा सो चौकीलाई ईलाका प्रहरी कार्यालयमा स्तरवृद्धि गर्ने प्रक्रिया अघि बढाइएको छ। अबदेखि प्रस्तावित इलाका प्रहरी कार्यालयको जिम्मेवारी प्रहरी निरीक्षक स्तरका अधिकृतले निर्वाह गर्नेछन्।

४६ वर्षअघि स्थापना भएको कालिका नगरपालिकाको जुटपानी प्रहरी चौकी अब इलाका प्रहरी कार्यालयमा स्तरवृद्धि हुने भएको छ।

इलाका प्रहरी कार्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्ने प्रक्रिया सुरु भइसकेको र यसले कालिका क्षेत्रमा शान्तिसुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।