रत्ननगर, भदाै ९ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रकाश खनाल आउनुभएको छ ।
बर्दघाट नगरपालिका नवलपुरबाट आउनुभएका खनाल रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा आउनुभएको हो ।
रत्ननगर नगरपालिका चितवनमा आजैदेखि प्रमुख प्रशाासकीय अधिकृत खनालले कार्यभार सम्हाल्नु भएको छ । उहाँलाई नगर प्रमुख प्रलाद सापकोटा र नगर उपप्रमुख यादव पाठकले ले स्वागत गर्नुभएको थियो ।
साथै, साे अवसरमा १७ औं नगरसभाबाट पारित बार्षिक नगर विकास याेजना पुस्तिका आर्थिक बर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम बजेट याेजना र बजेट पुस्तक लाेकार्पण गरिएकाे थियाे ।









