शनि, जेष्ठ १६, २०८३
Search
शनि, जेष्ठ १६, २०८३

नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा मुछिएपछि रास्वपाका कडेल निलम्बनमा

Share:
608

भदौ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका प्रशिक्षण विभागमा रहेका हरि प्रसाद कडेललाई निलम्बन गरेको छ । शुक्रबार केन्द्रीय अनुशासन आयोगले कँडेललाई निलम्बन गरेको हो ।

कानुन विपरीतका कार्यहरू नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचनापछि पार्टीले कडेललाई निलम्बन गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्नको विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्‍याउने उद्देश्यले तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौँ ।’

साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।