मङ्ल, जेष्ठ २६, २०८३
Search
मङ्ल, जेष्ठ २६, २०८३

आज २०८२ साल साउन ३१ गते शनिबारको राशिफल

Share:
257

आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र कृष्ण पक्षको अष्टमी तिथि। साउन मेला समाप्त। कृष्ण जन्माष्टमी व्रत। तदनुसार सन् २०२५ अगष्ट १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। संकल्प पूरा हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। आम्दानी बढ्ने योग छ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। साथीहरु आरोप प्रत्यारोपमा उत्रिने जोखिम छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। लगानी गरेको भए नाफा हुनेछ।

सिंह : दिन राम्रो छ। धन खर्च भए पनि राजनीतिक क्षेत्रमा चर्चा हुनेछ। शिक्षामा सुधार हुनेछ। परिवारभित्र गोप्य कुरा सुरक्षित नगर्दा घाटा हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

कन्या : दिन सामान्य छ। कामको बोझ थपिने छ। आफन्तको झगडाले मनलाई उदास बनाउने जोखिम छ। स्वास्थ्य र शिक्षाबाट लाभ प्राप्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। परिवारमा रमाइलो वातावरण बन्नेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। आफन्तले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। कला र गलाको चर्चा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ। विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ। अग्रजसँग सहकार्य गरेमा काम सहजै बन्नेछ। खानपानमा सचेत बन्नुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। रोजगारमिा बढुवा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीकि क्षेत्रमा लाभ हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनसक्छ। राजनीतिक क्षेत्रमा तपाईंको खर्च गराउने समूहको बहुमत छ। विपक्षी बौद्धिक भएकाले थोरै बोल्नु राम्रो हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। शिक्षमा जोस र जाँगर बढ्नेछ। थोरै बोलेर दैनिक कामलाई अगाडि बढाउनु उचित हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। लगानी गरेको भए आम्दानी बढ्नेछ। व्यापारमा लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। धार्मिक कार्यमा सभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।