मङ्ल, जेष्ठ २६, २०८३
Search
मङ्ल, जेष्ठ २६, २०८३

७५ वर्षिय वृद्ध बस्नेतले वृद्ध भत्ताकाे रकमबाट गरिदिए ३ परिवारकाे नि:शुल्क वीमा

Share:
263

रत्ननगर, साउन २९ । चितवनकाे कालिका नगरपालिका- ७ गैडेखाेलाका ७५ वर्षिय वृद्ध लाल बहादुर बस्नेतले आफूले पाउँदै आउनुभएका वृद्ध भत्ताकाे रकमबाट वडाका बिपन्न परिवारकाे नि:शुल्क स्वास्थ्य वीमा गरिदिनुभएकाेछ ।

वृद्ध बस्नेतले कालिका- ७ का वडा अध्यक्ष कमलराज मुक्तानकाे सहयाेगमा राजकुमार महताे, बिक्रमी बि.क र छविलाल कुमालकाे गरि ३ जना बिपन्न परिवारकाे रू १० हजार ५ सय (एक वर्ष) काे नि:शुल्क स्वास्थ्य वीमा गरिदिनुभएकाे हाे ।

बस्नेत र उहाँकी ७० वर्षिया धर्म पत्नी हिरा कुमारी बस्नेतले स्वास्थ्य वीमालाई तिर्नकाे लागि रकम वडा अध्यक्ष मुक्तानलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

साे अवसरमा बाेल्दै बस्नेतले आफूले पाउदै आएकाे वृद्ध भत्ताकाे रकमबाट बिपन्न परिवारकाे नि:शुल्क स्वास्थ्य वीमा गरिदिदा निकै पुन्यकाे काम गरेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, “यदि मैले याे रकम बिपन्न परिवारलाई खानेकुरा किनेर दिएकाे भए जम्मा एक छाक हुन्थ्याे, आज मैले नि:शुल्क वीमा गरिदिएपछि ३ घर परिवारले एक वर्षकाे लागि नि:शुल्क स्वास्थ्य लाभ लिन पाउनेछन्, मेराे लागि यही नै ठूलाे धर्म हाे ।”

७५ वर्षिय वृद्ध बस्नेतकाे श्रीमति, ३ छाेरा, २ छाेरी गरि ५ वटा सन्तान रहेकाछन् ।

वडाले गर्नुपर्ने काम यी ७५ वर्षका वृद्ध बुबाले गरिदिदा निकै खुसि लागेकाे वडा अध्यक्ष मुक्तानले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।