शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

चार वर्षयताकै उच्च विन्दुमा नेप्से

Share:
197

काठमाडौं, साउन १३ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार (साउन १३) चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक ३००२.०७ विन्दुमा बन्द भएको छ । यो चार वर्षयताकै उच्च विन्दु हो ।

गत वर्षको साउन ३१ गते परिसूचक ३०००.८१ विन्दुमा पुगेर बन्द भएको थियो । त्यो विन्दु उक्त वर्ष पार भएन ।

“गत वर्षको उच्च विन्दुलाई पार गरेर नेप्से चार वर्षअघिको विन्दुनजिक पुगेको हो,” नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुले बाह्रखरीसित भने ।

मंगलबार यो विन्दु पार भएर ०७८ साउन ७ गतेको नजिक पुगेको छ । उक्त वर्ष साउन ७ गते नेप्से परिसूचक ३००४.३३ विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचकले त्यो वर्ष नयाँ रेकर्ड कायम गरेको थियो । त्यो वर्ष भदौ २ गते परिसूचक ३१९९.०२ विन्दुमा बन्द भएर नयाँ उचाइमा पुगेको थियो ।

हालसम्म एक दिनको उच्च कारोबार गत वर्ष साउन ३१ गते २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको भएको छ ।

मंगलबारको कारोबार
यस दिन नेप्से ३०.७६ अंकले बढेको छ । नेप्से परिसूचक १.०३ प्रतिशतले बढेर ३००२.०७ विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार (साउन १२) १९ अर्ब ३६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१७६ कम्पनीको सेयर मूल्य बढेको छ । ७४ कम्पनीको सेयर मूल्य घटेको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ७९० रुपैयाँ ५० पैसा कायम छ । ट्रेड टावरको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ ७० पैसा कायम छ । सान्भी इनर्जीको सेयर मूल्य प्रतिकित्ता ७६९ रुपैयाँ कायम छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.६० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार १४८ रुपैयाँ ८४ पैसा कायम छ । हिमालयन डिस्टिलरीको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स र विकास बैंक समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक ०.३६ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक ०.१२ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।