बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

Share:
214

चितवन, साउन ५ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि (मंगलबार) ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन एक्सपो’ मा पाँच देशबाट ती युनिभर्सिटी तथा कलेजका प्रतिनिधि उपस्थिन हुने छन् ।

भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका सर्वोत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधि आउने छन् । बिहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने मेलामा विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी गरेर वैदेशिक अध्ययन र भिजा प्रोसेसिङका बारेमा सबै जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुनेछ । यति धेरै प्रतिनिधि सहभागी हुने यो मेला वर्षकै ठूलो भएको उहाँले बताउनुभयो । ‘युनिभर्सिटीका प्रतिनिधिबाट प्रत्यक्ष लिइएको जानकारी आधिकारिक र प्रभावकारी हुने भएकोले उपस्थित भएर मौकाको फाइदा उठाउन आग्रह गर्दछु’–अधिकारीले भन्नुभयो ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।