बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

गाजामा राहत माग्नेविरुद्ध निर्मम बन्दै इजरायली सेना : एकै दिन ९३ जना मारिए

Share:
249

गाजा, साउन ५ । राहतको लागि लाइनमा बसेकामाथि इजरायली सेनाले आक्रमण गर्दा एकै दिन गाजामा कयौं मारिएका छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार धेरै बालबालिका भोकमरीकै कारण ज्यान गुमाउने अवस्थामा पुगिसकेका छन्।

गाजाको नागरिक रक्षा निकायका अनुसार आइतबार कुल ९३ जनाको ज्यान लिइएको छ। त्यस अनुसार उत्तरी गाजामा ८० जना मारिए। रफहाको राहत वितरण केन्द्र नजिकै ९ जना तथा खान युनिसमा चार जनाको ज्यान गएको हो।

संयुक्त राष्ट्र सङ्घको राहत लिए गएको सामान इजरायलको सीमा पार गरेर गाजामा जाने बित्तिकै राहतका लागि एकै पटक धेरै जनाको भीड लागेको थियो। त्यो भीडमा इजरायली सेनाले गोली प्रहार गरेको हो।

इजरायली सेनाले आफूमाथि जोखिम हुने सम्भावना देखेर गोली चलाएको बताएको छ। शनिबार मन्त्रालयले गाजामा अत्यन्त धेरै भोकमरी भएको तथा धेरै जना कुपोषणका कारण मर्ने अवस्थामा रहेको भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो।

त्यहाँको स्वास्थ्य मन्त्रालय र गाजाले नै तत्काल राहत उपलब्ध नभएमा भोकमरीका कारण धेरै जनाको ज्यान जान सक्ने बताएका हुन्। त्यहाँ घाइते भएका धेरै जनालाई गाजा सहरको सिफा अस्पतालमा लगिएको छ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले नागरिक माथिको यो हिसा अस्वीकार्य भन्दै निन्दा गरेको छ। गत मेदेखि हरेक दिन राहतका लागि जानेमाथि इजरायली सेना निर्मम भएर आक्रमण गर्ने क्रम जारी छ। अमेरिका र इजरायलको सहयोगमा स्थापना गरेको राहत वितरण केन्द्रमा आक्रमण भएको हो। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।