बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

भरतपुर अस्पतालमा विगत तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

Share:
392

चितवन, ४ साउन । यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ ।

बर्सात सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष इन्चार्ज अलाउद्दिन मियाका अनुसार वैशाख महिनामा ६० जनाको उपचार गरिएकामा जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ ।

जसमध्ये पाँच जना विषालु सर्पले टोकेका बिरामी हुन् । यसैगरी, असार महिनामा १२६ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।

जसमा नौ जना विषालु सर्पले टोकेका बिरामी रहेको मियाले जानकारी दिनुभयो । यस अस्पतालमा चितवनबाहेक मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा, लम्जुङदेखिका बिरामी आउने गरेका छन् ।

अस्पतालमा आएकालाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर लक्षणअनुसार उपचार गर्ने गरिएको छ । विषालुअन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपरलगायत पर्दछन् ।

करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नसालाई असर पुर्‍याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।

विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आइएको अस्पतालका आकस्मिक कक्ष इन्चार्ज मियाले बताउनुभयो ।

हाल यहाँ दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।