शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

Share:
251

काठमाडौँ, ३१ असार । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई एक निर्देशन दिँदै सबै विवरण उपलब्ध गराउन भनेको छ । प्राधिकरणले आगामी आर्थिक वर्षका लागि आआफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिकलगायत कार्यालय, व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले सबै जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा/प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ ।

बीमकले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बिमा शुल्क भुक्तानी हुने बिमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेका छन् ।

यस्तै, बीमक ठूलो रकमको बिमा शुल्क सङ्कलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बिमा अवधि नपुग्दै बिमालेख व्यतित तथा समर्पण हुनेलगायत समस्या देखापरेको छ । त्यसबाट गुणस्तरीय एवं भरपर्दो बिमा सेवा प्रवाहमा चुनौती थपिएका सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिनुभयो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।