बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

पृथ्वी स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

Share:
455

कालिका, असार २८ । कालिका-७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सक्रिय पृथ्वी स्काउट ट्रूपको आयोजनामा र कालिका ओपन स्काउट क्रूको प्राविधिक सहयोगमा दुईदिने “पृथ्वी स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह” २०८२ असार २७ र २८ गते भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रमले स्काउटहरूको बौद्धिक, शारीरिक, भावनात्मक, सामाजिक र नेतृत्व विकास गर्ने उद्देश्य राखेको थियो। स्काउटिङमार्फत सेवा भावना, अनुशासन, आत्मनिर्भरता, सहकार्य, राष्ट्रियता र प्रकृतिप्रेमको भावना युवाहरूमा विकास गराउने लक्ष्य रहेको थियो।

कार्यक्रमको समापन सत्रको उद्घाटन प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख तथा स्थानीय स्काउट कार्यालय कालिका नगरपालिकाका संरक्षक विमला तामाङले गर्नुभयो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य अमृत लामिछानेले गरेका थिए। विशिष्ट अतिथिहरूमा वडा नं. ४ का अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष कमलराज मोक्तान, विद्यालयका प्रधानाध्यापक तथा स्काउट संरक्षक सूर्यभक्त अधिकारी, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक तथा रोवर लिडर सन्तोष वास्ताकोटी, रेन्जर लिडर सिता कार्की, परिषद् सदस्यहरू विष्णु लाल श्रेष्ठ, राजु पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम अर्याललगायतको उपस्थिति रहेको थियो।

कालिका ओपन स्काउट क्रूका अध्यक्ष तथा पृथ्वी स्काउट ट्रूपका संयोजक स्काउटर सेवक अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा व्वाइज, गर्ल स्काउट्स तथा रोभर/रेन्जरहरूलाई औपचारिक रूपमा स्कार्फ र प्रमाणपत्रसहित दीक्षा प्रदान गरिएको थियो। पृथ्वी स्काउट ट्रूपका ७८ जना व्वाइज र गर्ल स्काउट्स तथा कालिका ओपन स्काउट क्रूका १५ जना रोभर/रेन्जरहरू दीक्षित भए।

कार्यक्रममा ग्याजेट निर्माण, रोपवर्क, स्काउट गेम, येल, क्याम्पफायरजस्ता गतिविधिहरू सञ्चालन गरी सहभागीहरूको व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गरिएको थियो। समापन सत्रमा सभापति अमृत लामिछानेले मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए।

यो क्याम्पले स्काउटहरूलाई नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्दै उनीहरूमा सकारात्मक मूल्य–मान्यताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।