बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

बूढीराप्तीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका रत्ननगरका बालकको शव फेला

Share:
1202

रत्ननगर, असार २७ । रत्ननगर वडा नं. ७, पडेरिया पुल नजिकै बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव फेला परेको छ।

रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले शुक्रबार बिहान ५:१८ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारेको हो।

रत्ननगर-१५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढीराप्ती नदीमा बेपत्ता भएका थिए।

रत्ननगर-७, पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए। बेपत्ता भएको १५ घण्टापछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको मुचुल्का उठाई बालकको शव पोष्ट माटमको लागि भरतपुरको सरकारी अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी प्रहरी प्रमुख डिएसपी रञ्जन अवाले जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।