बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

टेक्सासमा बाढीले सय बढीको मृत्यु, अझै धेरै पानी पर्ने पूर्वानुमान

Share:
226

टेक्सास, असार २४ । अमेरिकाको टेक्सासमा बाढीका कारण मर्नेको सङ्ख्या १०० नाघेको छ। केयर काउन्टीमा मात्र ८४ जनाको ज्यान गएको पुष्टि भएको छ। चार दिनसम्म पनि हराउनेको खोजी कार्य भइरहेको छ। अझ थुप्रै हराइरहेका छन्। किस्टिक क्याम्पमा २७ छात्रा मरेको पुष्टि भइसकेको छ। त्यहाँ पनि अझ धेरै जना हराइ रहेका छन्।

त्यस क्षेत्रमा अझै गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। चार दिन अगाडि धेरै पानी परेको थियो। समयमै ठुलो पानी पर्ने चेतावनी दिइए पनि बिहानको समयमा निदाइ रहेका धेरै जना ब्युँझन पाएनन्। क्याम्पमा बिदा मनाउन गएका धेरै विद्यार्थीले ज्यान गुमाए।

सबै भन्दा धेरै मानिसको ज्यान गएको केयरमा अझै १० बालबालिका तथा एक जना काउन्सिलर हराइरहेका छन्। केन्डलमा ६ जनाको ज्यान गएको छ। अहिले पनि टेक्सासमा पानी परिरहेको छ। सबैलाई सावधान रहनका लागि भनिएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।